एजेन्सी ।अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ २४ घण्टाको अवधिमा १ लाख १५ हजार ६५६ जनामा संक्रमण पुष्टि भएको हो। अमेरिकामा अघिल्लो दिन मात्रै १ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पाइएको थियो। ठूलो संख्यामा नागरिकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अमेरिकामा पुनः अनपेक्षित रुपमा संक्रमितहरु फेला पर्न थालेका छन्।…