१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नारायणहिटी सङ्ग्रहालयबाट श्रीपेच चोर्न प्रयास गरेको आरोपमा एक जना पक्राउ



काठमाण्डौ ।

नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको देखिएको एसएसपी सिंहले बताउनुभएको छ । घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका र श्रीपेचको सुरक्षामा खटिएका सेनाले समातेर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार सङ्ग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ३ : २९ बजे