११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

ज्ञानपुञ्ज ‘गट ट्यालेन्ट’मा रोहित थारु प्रथम



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा ‘ज्ञानपुञ्ज गट ट्यालेन्ट’ कार्यक्रम सम्पन्न भएको छ । ज्ञानपुञ्ज बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीले भाग लिएका थिए ।

जस मध्ये रोहित थारु प्रथम, निशु रजाली र अर्चनाको समूह द्धितीय, निता सुनार, आयुष्मा अधिकारी, अस्मी सापकोटा, कोपिला घिमिरे, तुल्सा मगर, दिक्षा खनाल रहेको समूह तृतिय भएको छ ।

कार्यक्रम बाल क्लबका अध्यक्ष रोशन घिमिरेको अध्यक्षता, जुनु मणि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यसैगरी कार्यक्रममा विनोद नेपाल होमबहादुर थापा र रिया सेनले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम बाल क्लबका सह–सचिव सुसान भुसाल र सचिव गंगा घिमिरेको संचालनमा सम्पन्न भएको थियो । ‘ज्ञानपुञ्ज गट ट्यालेन्ट’मा विद्यार्थिले आफुभित्र रहेका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ६ : ३२ बजे