काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ । सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ । नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो ।…