१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मुलुकभर दिनभर जसो बदलीको सम्भावना



काठमाडौँ ।

मुलुकभर सोमबारको मौसम पनि दिनभर जसो बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै देशका पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । रातिको मौसम पनि दिउँसोको जस्तै रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ भदौ २०७६ सोमबार ००:००  १० : १५ बजे