२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

एक सय पन्ध्र वर्ष पुरानो ऐतिहासिक भड्छा मेला

बुटवल ।  रुपन्देहीको सैनामैना नगरपालिका–८, भड्छामा ११५ वर्षदेखि आयोजना हुँदै आएको ऐतिहासिक भड्छा मेला सम्पन्न भएको छ । स्थानीय थारू समुदायले ११५ वर्षअघि सुरु गरेको भड्छा मेला रुपन्देहीकै सबैभन्दा पुरानो मेला हो भने रातिमा हुने भएकाले पनि यसको महत्व अन्य मेलाभन्दा पृथक् मानिएको छ । थारू समुदायले आफ्ना पुर्खाले सुरु गरेको यो मेलालाई संरक्षण गर्न…