काठमाडौं ।राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी संघीय संसद् सचिवालयले तयारी थालेको छ। संघीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा आगामी फागुन २० गतेदेखि खाली हुने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन गरिने उल्लेख छ। अहिले राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमल्सिना छन्। उनको कार्यकाल फागुन २० गते सकिँदैछ।…