काठमाडौं ।एएफसी बर्नमाउथलाई ६-१ ले पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगको क्कीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी जेरेमी डोकु चम्कँदा सिटीले फराकिलो जित हात पारेको हो । खेलमा एक गोल गरेका डोकुले चार असिस्ट गरेका थिए । यस्तै बर्नानर्डो शिल्भाले दुई गोल गरे भने…