कपिलवस्तु ।जगदीशपुर ताल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका–९ र १० स्थित जगदीशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । पाहुना चराहरूको थलो कपिलवस्तुको जगदीशपुर ताल ४५ वर्ष अघिसम्म गाउँ थियो । थारु समुदायको बाहुल्यता रहेकोले यो गाउँलाई जगदीशपुर थारु गाउँ भनिन्थ्यो । गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो…