६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

गाई, भैँसीमा प्रकोपकै रुपमा फैलिँदै लम्पी स्किन रोग, यस्तो दिए विज्ञले सुझाव

काठमाडौं ।गाई, भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग प्रकोपकै रुपमा फैलिएको छ । अहिलेसम्म ३५ जिल्लामा लम्पी स्किन रोग फैलिएको छ । १५ हजारभन्दा धेरै पशुचौपायामा सङ्क्रमण भएको पशु सेवा विभागले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा…