दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिलाले निरोगी नागरिक बनाउने दायित्व राज्यको भएको बताएका छन । स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको प्रतिजैविक प्रतिरोध सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको भन्दै प्रदेश सरकारले यो जिम्मेवारी पूरा गर्ने पनि बताए । उनले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य ऐन बनाउन थालेको भन्दै…