मायादेवी अनलाइन, रुपन्देही । रुपन्देहीका नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षको नेतृत्व रहेको न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै जान थालेको छ । त्यस्ता समितिमा खास गरी अंशबण्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, जग्गासम्बन्धी विवाद, ठगी मुद्दा, पैसाको लेनदेनलगायतका मुद्दाको ओइरो लागेको सम्बन्धित नगरपालिका र गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा मेलमिलापको माध्यमबाट विभिन्न प्रकारका मुद्दाको टुंगो…