धनकुटा, साउन १४ । धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका–२ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । स्थानीय कुसुम राईलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो । पक्राउ परेकी कुसुमलाई जिल्ला अदालत धनकुटामा लागु औषध अन्तर्गतको मुद्दा दायर गरी अनुसन्धान सुरु भएको छ ।