१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

भ्यागुते र चरचरे रोगका लागि खोप



मायादेवी अनलाइन, कपिलवस्तु ।
गाईभैसीमा लाग्ने भ्यागुते र चरचरे रोग रोकथामका लागि वाणगंगा नगरपालिकामा मंगलवार देखि खोप अभियान संचालन गरिने भएको छ । नगर भित्रका सबै वडाहरुमा किसानले पालेका गाई भैसीहरुलाई भ्यागुते र चरचरे रोग नलागोस् भन्ने उद्देश्यले खोप अभियान शुरु गरिने भएको हो ।
सोमवार वडा नं २ को कार्यालय बाट औषधी सहितको खोप सामग्री सम्बन्धित वडाहरुलाई वडा अध्यक्ष विष्णु पौडेलले एक कार्यक्रमका विच वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा पशु सेवा शाखा वाणगंगाका प्रमुख डाक्टर रुपनारायण श्रेष्ठ , कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १ : ०६ बजे