१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धनकुटामा ४५ किलो गाँजासहित एकजना पक्राउ



धनकुटा, साउन १४  । 

धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका–२ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

स्थानीय कुसुम राईलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेकी कुसुमलाई जिल्ला अदालत धनकुटामा लागु औषध अन्तर्गतको मुद्दा दायर गरी अनुसन्धान सुरु भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ७ : २२ बजे