७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

योजना बनाउँदै जनप्रतिनिधि



बुटवल, १५ साउन ।
रुपन्देहीको मर्चवारी गाउपालिकाका जनप्रतिनिधिहरुको पहिलो बैठकले सबै वडाहरुमा समान किसिमले मालपोतको राजश्व संकलन गर्ने र सिफारिसको दस्तुर लिने निर्णय ग¥यो । यसको विरुद्धमा २ दिन त्यहाका स्थानीयले कामकाजमा अवरोध गरे । सडकमा टायर बाले । गाउमा जुलुस समेत निकाले । अहिले उक्त निर्णय विचाराधिन छ ।
धेरै वर्षदेखि रीक्त स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । केही जनप्रतिनिधि जनताबाट निर्वाचित भएको तथा जनताको प्रतिनिधि भएका आधारमा विना अभ्यास आफूखुसी निर्णय गर्न हतारिएका छन् । त्यसको उदाहरण मर्चवारी गाउपालिकाको यो घटना हो । विवादमा नपर्न यहाका जनप्रतिनिधि अहिले नागरिकलाई बुझाएर कार्यक्रम ल्याउने तयारीमा छन् ।
मर्चवारी जस्तै अन्य गाउ नगरमा पनि आफूखुसी निर्णयका वाछिटा देखिन थालेका छन् । जिल्लामा सबैभन्दा जटिल विषय छ अव्यवस्थीत जग्गा र वसोवास । यसलाई संवोधन गर्न सबैजसो नगरले योजना बनाएका छन् । निर्णय भने गरीसकेका छैनन् । आफूहरु विवादमा नपर्न आसपासका स्थानीय तहका प्रमुखसंग सल्लाह गर्ने र एकै किसिमका निर्णय गर्ने उनीहरुको तयारी छ । तिलोत्तमा नगरपालिकाले अव्यवस्थित वसोवासी सबैबाट घरधुरी कर उठाउने निर्णय गरेको छ । यसबापत पछिल्लो समयमा रोकिएको पानी बिजुलीको सिफारिस दिने निर्णय गरेको छ । यसकालागि लगत संकलन कार्यदल बनेको प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
रुपन्देहीमा १६ वटा स्थानीय तह छन् । सरकारले असारभित्रै स्थानीय तहको परिमार्जीत नीति तथा कार्यक्रम सार्वजनीक गर्न भनेपनि यहाका कुनै पनि तहले आफ्ना कार्यक्रम सार्वजनीक गरेका छैनन् । अहिले उनीहरु यसकै तयारीमा छन् । ‘नीति तथा कार्यक्रम बनाउन व्यस्त भएकाले ठोस निर्णयहरु हुन बाकी छ।’ सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो ‘विवाद रहित काम गर्न सरसल्लाहमा पनि जुटेका छौं।’
लामो समयपछि आएका जनप्रतिनिधि संग नागरिकको ठूलो अपेक्षा छ । यस्तो बेलामा चुनौतिको सामना गर्न र विवाद रहित काम गर्न तयारी र छलफलपछि मात्रै कुनै निर्णय गर्ने बुटवल उप महानगरपालिकाकी नगरप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १२ : २७ बजे