११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

नगरको विकासमा सबैको हातेमालो आवश्यक



बाबुराम रायमाझी, भलवाड, १४ साउन ।
बाणगंगा नगरका मेयर मगंल प्रसाद थारुले सवैको हातेमालो सहकार्य, समन्वयमा यस नगरलाई समृद्ध, समुन्नत गर्दै नमूनाको रुपमा अगाडी बढाउने कुरामा जोड दिनु भएको छ । वाणगंगा ९ कपिल आरोग्य मन्दिर कपिलधामले नव निर्वाचित वाणगंगा नगर पालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्यहरुलाई राखिएको वधाई एवम् सम्मान कार्यक्रममा सो कुरा ब्यक्त गर्नु भएको होे ।
कार्यक्रममा कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, कोषाध्यक्ष विष्णु बहादुर रायमाझी, सचिव ध्रुव वेल्वासेले वाणगंगा नगर पालिकाका नव निर्वाचित मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरीएको थियो ।
शुभकामना मन्तव्य दिनेहरुमा पतञ्जली योगका जिल्ला अध्यक्ष आत्माराम आचार्य, बुद्धिजिवि मोहन ज्ञवाली, वाणगंगा उच्च मा.वि.लौगाईका प्राचार्य कुलराज पौडेल, वडा न.१ का वडाध्यक्ष बाल कुमारी अधिकारी, वडा न.८का वडाध्यक्ष गुणनिधि भुसाल लगायतले अत्यन्तै महत्वपूर्ण क्षेत्रको मध्यभागमा रहेको तपोभूमि भागीरथी नदीको पश्चिम क्षेत्रमा रहेको महिर्षि कपिलमुनि आश्रमक कपिलधामलाई एतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा गुरुयोजना बनाई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अगाडी नव निर्वाचित जनप्रतिनिधि, बुद्धिजिवि, समाजसेबीबाट कपिलधाम परीसरमा बेल जातका विरुवा लगाई बृक्षारोपण गर्ने काम भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १ : ४४ बजे