काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कृषिमा कम बजेट छुट्याइएकोमा असन्तुष्टि जनाएका छन् । कृषिलाई व्यवसायीकरण गर्न कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने उनले बताए । आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खनालले कुल बजेटको १।८ प्रतिशतमात्रै कृषिका लागि छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउने गरी…