काठमाडौं ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार फागुन महिनामा १ खर्ब ५ अर्ब माथिको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ। ‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३…