७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

श्रीलंकाको पर्यटन आयमा वृद्धि



एजेन्सी ।
श्रीलंकाको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ। श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ।

सन् २०२२ को सोही अवधिमा श्रीलंकाले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो।

श्रीलंकाले मार्च महिनामा १९ करोड ८१ लाख अमेरिकी डलर आम्दानी गरेको छ भने पहिलो त्रैमासिकमा पर्यटन आय ५२ करोड ९८ लाख डलर पुगेको तथ्यांकले देखाएको छ। श्रीलंकाको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जुन यसअघि १५ लाख थियो।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख मुलुकमध्येको एक श्रीलंकामा कोभिड–१९ को महामारीका साथै आर्थिक तथा राजनीतिक संकटका कारण पर्यटन क्षेत्र धरासायी भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७९ शनिबार ००:००  ७ : ११ बजे