३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

नमस्ते भन्ने कि नमस्कार ?

डा. भवानीशङ्कर भट्टराई । ‘नमः’ को शास्त्रीय अर्थ हो–जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति झुकाएर गरिने अभिवादन । जसलाई सामान्यतः नमनः, प्रणाम, अभिवादन, नमस्ते, नमस्कार, प्रणति आदि भन्ने गरिन्छ । नमस्तेमा उत्तरोत्तर विशिष्टता थपिँदै जाँदा क्रमशः पादस्पर्श र साष्टाङ्गदण्डवत् हुन्छन् । यही नमस् पदमा तिमीलाई भन्ने अर्थ बताउने ते (सर्वनाम) जोडिएपछि नमस्ते बन्दछ ।…