नारायण खनाल । कान्छा ! तिमी सानो छँदा तिम्रा हात छोपेर धर्का तान्दै अंक लेख्न सिकाएँ मैले अंकको पर्याय मान सिकाउन फूल, गुच्छा, मुसा र बिरालाका चित्र बनाइदिन्थेँ तारा र फूलहरूले तिम्रा अंकहरूलाई पुरस्कृत गर्थें । कान्छा ! तिमीलाई सहजै सिकाउन सकिन्थ्यो गणित जोड, घटाउ, गुणन, भाग मात्रै होइन विजगणित, ज्यामिति त्रिकोणमिति, सम्भाव्यता निरन्तरता र…