१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रुपन्देहीको तिनाउ नदी किनारमा एक युवक मृत भेटिए

रुपन्देही ।रुपन्देहीको तिनाउ नदी किनारमा एक युवक मृत भेटिएका छन् । आइतबार बिहान तिनाउ नदी किनारमा बुटवल उपमहानगरपालिका-५ का २० वर्षीय सुमन विक मृत भेटिएका हुन् । विकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।