४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्घाखाँचीका युवा ३ महिनादेखि सम्पर्कविहीन, रोजगारीका लागि पोर्चुगल पुगेका थिए



अर्घाखाँची ।
अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका बुबा झविरामले बताउनुभयो । बेपत्ता भएका छोराको खोजी गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । सम्पर्कविहीन भएका छोराको अवस्थाबारे जानकारी गराइदिन उहाँको आग्रह छ ।

गएको साढे दुई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भूपाल तोरेस भेदरस भन्ने ठाउँमा बसेर काम गर्दै आएका उहाँकी श्रीमती मीराले बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०८० सोमबार ००:००  ३ : ५४ बजे