नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको । आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता,…