२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुटवलमा बसको ठक्करबाट १५ महिने बालकको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो।…