१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

तिलोत्तमा मेलामा दर्शकको चाप बढ्दै



रुपन्देही ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शक उपभोक्ताको चाप बढ्दै गएको छ ।

विहीबारदेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । शनिबार बिदाको दिन परेकाले दर्शकको चाप बढी भएका आयोजकले जनाएका छन् । शनिबार मात्रै करिब ५० हजार दर्शकले मेलाको अवलोधन गरेको प्रचार प्रसार संयोजक मानबहादुर बर्माले जानकारी दिए ।

मेलामा शनिबार कलाकारहरु रामजी खाँण, प्रिति पासवान, सपाना गाहा, दामोदर बस्याल, एन्जीला रेग्मी, गोकुल न्यौपाने, दिपु मगर लगायतले दर्शकलाई भरपुर मनोरन्जन दिएको मेलाका सास्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए ।

तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।

मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

यसैबीच मेलामा शनिबार ६ जना अपाङ्ग ब्यक्तिलाई मेला आयोजकले सम्मान गरे । आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारीले उनीहरुलाई सम्मान गरेका हुन् । त्यस्तै आयोजक संस्थाले बुटवलमा रहेको मानव आश्रम सेवा कार्यालयलाई पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

मेलामा आईतबार चर्चित गायक गायिका राजु परियार, आशा बिसी लगायतका कलाकारले मनोरन्जन दिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ६ : २३ बजे