२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुटवलमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बुटवल ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय ९बुटवल० का प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । खत्रीको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ…