१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रुपन्देहीमा लम्बियो असोज ७ गतेसम्म निषेधाज्ञा

बुटवल ।रुपन्देहीमा जारी निषेधाज्ञा असोज ७ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञा असोज ७ गते राति १२ बजेसम्म लम्बिएको जनाएको छ । रुपन्देहीमा निषेधाज्ञा जारी रहे पनि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाएर सबै गतिबिधी गर्न भने दिएको छ ।