१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

अर्घाखाँचीमा १३ वर्षीया छोरी करणी गरेको अभियोगमा बाबु पक्राउ

अर्घाखाँची ।१३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । अर्घाखाँचीको पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।…