१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

वन्यजन्तुको सिकुटी र हातहतियारसहित दुईजना पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सुरक्षाकर्मीको टोलीले आइतबार सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारीलाई नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए। उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच…