दाङ । प्रहरीले दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ । गाईको बाच्छी काटी मासु बोरामा राखेर हिँडिरहेको समयमा घोराही उपमहानगरपालिका ५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधबार राति ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी दाङका प्रवक्ता एव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । पक्राउपर्ने ६ जना पुरुष रहेको डिएसपी खड्काले जानकारी दिएका…