भैरहवा । रुपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै मुलुकमा भित्रिने मालवाहक गाडी फेरि भारतीय सीमामा रोकिएका छन् । नेपालमा आउन लागेको मालवाहक गाडीहरुको भारतीय भन्सारका किल्यरिङ एजेण्टहरुले जाँचपास रोक्दा गाडीहरु सीमामा रोकिएका हुन् । जाँचपास रोकिदा सीमापारी मालवाहक गाडीहरुको लाम लागेको छ । कोरोना संक्रमणका कारण सीमापारी आवतजावतमा रोक लगाइएपछि सीमापारीको सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट…