प्युठान । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग रनिङ बिल भुक्तानी…