२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

लमही बजारको बसपार्कमा एक व्यक्तिको शव फेला

दाङ ।  पोखराबाट दाङमा रहेको घर फर्किँदै गरेका एक व्यक्ति मृत भेटिएका छन् । लमही बजारको बसपार्कमा शव फेला परेको हो । राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङखोला निवासी ३९ वर्षिय कृष्णबहादुर पुन मगर लमहीको बसपार्कमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । शवलाई पोष्मार्टका लागि लमही अस्पतालमा राखिएको छ…