बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ। निर्वाचन अधिकृतको कार्यालय बुटवल देवीनगर पुगेर पौडेलले उमेदवार दर्ता गराउनु भएको हो। पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ रहनु भएको छ। …