बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख रुपैयाँ घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो।…