९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेपालमा आज थपिए २ हजार ७१ संक्रमित



काठमाडौं ।

बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

आइतबार देशभर १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १५ सय ५२ छ।

संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए। त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार ६ सय ६६ जना रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ४ : ३० बजे