१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्वः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताएका छन् । सो पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी…