१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

वाणगंगाबाट स्वाब संकलन गरिएका मध्ये आज आएका एक सय जनाकै कोरोना रिपोर्ट नेगेटिभ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा गत भदौ १ गते संकलन गरिएका स्वाब मध्ये मंगलबार एक सय जनाको रिपोर्ट आएको छ । मंगलबार आएको वाणगंगाको सबै रिपोर्ट नेगेटिभ रहेको छ । वाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रबाट यहि भदौ १ गते १ सय ८७ जनाको स्वाब लिइएको थियो ।

जसमा केहिको रिपोर्ट यस अघिनै आएको थियो । भने बाकी रहेका रिपोर्ट मध्ये एक सय जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभएको छ ।

वाणगंगा नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित १३ रहेका छन् । जसमा २ जना बुटवलमा उपचाररत छन् भने ४ जना आइसोलेसनमा रहेको छन र अन्य सबै होम आइसोलेसनमा रहेका छन् । भदौ एक गते संकलन गरिएका मध्ये ३ जनाको भने यस अघिनै रिपोर्ट पोजेटिभ आएको थियो ।

कपिलवस्तु जिल्लामा कोरोना संक्रमण फैलिएसंगै वाणगंगा नगरपालिकाका भिडभाड हुने विभिन्न क्षेत्रबाट स्वाव लिइएको छ ।

वाणगंगामा समुदाय स्तरमै कोरोना फैलिएको भन्दै नगरपालिकाले स्वाब संकलन गरिरहेको छ । कपिलवस्तुमा मंगलबार मात्र २० जना संक्रमित थपिएका छन् भने कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ४ : ५८ बजे