काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार…