जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले गएको दुईतीन महिनादेखि आफुमाथि दुव्र्यवहार हुँदै आएको र व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुव्र्यवहार गर्ने समेतका व्यवहार देखिएको गुनासो गरेका छन् । उनले आफुलाई काला जाति वा हब्सी भनेर बोलाइएको उल्लेख…