मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ४ जितपुरमा जारी एघारौँ कपिलवस्तु महोत्सवमा विहिबारबाट सुरु भएको हेलिकप्टर उडानमा दर्शकको आकर्षण बढेको छ । मौसम प्रतिकुलताका कारण पहिलो दिन एउटा मात्र उडान भरेको हेलिकप्टरले आज शुक्रबार चारपाँच उडान भर्ने महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले बताउनु भयो । मौसमले साथ दिएसम्म अधिकतम उडान भर्ने गरी तयारी…