अजय बर्मा, कपिलवस्तु । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका मुख्य बजारहरु डुबानमा परेका छन् । कृष्णनगर नगरपालिकामा ढल निकासको उचित व्यवस्थापन नभएका कारण वर्षाको पानी तथा नालीको फोहरपानी सडकमा ३ देखि ४ फिटसम्म जम्मा भइ मुख्य बजार काली मन्दिरचोक, बस स्टेन्ड, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालय लगायतका…