२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

गुल्मी । गुल्मीको मालिका गाउँपालिका-५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । मतदान केन्द्रमा खटिएका…