काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौँ ।’ केही नेताहरूले समाजवादी केन्द्र बनाउने विषयमा कुरा उठाएको भए पनि बैठकमा भने…