काठमाडौं ।नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण रोक्दै पार्टी एकता गर्नुपर्ने विषय उठेको छ । विधान महाधिवेशनस्थल अध्यक्ष केपी ओलीको फोटोमय बनाइएको बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन…