८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता



काठमाडौं ।

नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन्। विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा आइतबार भेटवार्ता भएको हो।

भेटमा भट्टसहित टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा सहभागी थिए। केही दिनदेखि विप्लवले राजनीतिक भेटवार्ता तीब्र बनाएका छन्।
यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ७ : ३० बजे