काठमाडौँ ।इलाम नगरपालिका वडा नम्बर ७ को सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलवार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलवारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधवार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो । नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘हिजो दिनभर घरमै बसेँ । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान…