२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

महिला तथा बालबालिका विभाग खारेज

काठमाडौँ ।सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागु गरेको बताइन् ।